गृष्मकालिन विदा सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा त्रिभुवन विश्वविद्यालय अन्तरगत विहानी सिफ्टमा सञ्चालित स्नातक तहका लागि तपसिल बमोजिम गृष्मकालिन विदा हुने व्यहोरा सम्बन्धित सम्पूर्ण प्राध्यापक, कर्मचारी एवम् विद्यार्थीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
तपसिलः
१. मिति २०७५/०२/१६ गते बुधबारदेखि असार ८ गते शुक्रबारसम्म क्याम्पस विदा रहने र असार ११ गते सोमबार देखि नियमित रुपमा      पठनपाठन हुनेछ ।
२. त्रि.वि.वि. तर्फ (सेमेष्टर प्रणाली अनुरुप सञ्चालित कार्यक्रम) ः मिति २०७५/०२/१७ गते बिहिबारदेखि जेठ २५ गते शुक्रबारसम्म क्याम्पस विदा रहने र जेठ २७ गते आइतबार देखि नियमित रुपमा पठनपाठन हुनेछ।
३. स्नातक तह चौथो वर्ष, स्नातकोत्तर तह द्वितिय वर्ष तथा +२ तर्फ कक्षा १२ को पठन–पाठन समेत २०७५ साल असार ११ गते सोमबार देखि हुनेछ ।
पुनश्चः
१. परीक्षा आवेदन फाराम लगाएत अन्य प्रशासनिक कार्यको लागि सार्वजनिक विदाको दिनवाहेक अन्य दिनमा विहानी समय ६ः३० देखि ११ः०० बजेसम्म क्याम्पस प्रशासन खुला रहनेछ ।
२. स्नातक तह प्रथम वर्षको कोर्ष वाँकि रहेका विषयहरुमा सम्बन्धित प्राध्यापक एवं विद्यार्थीहहरुको आपसि समझदारीमा विदाकै अवधिमा समेत कक्षा सञ्चालन हुनेछ ।